FAQs Complain Problems

सूचना

मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी २-३ दिन मनसून अति सक्रिय भैरहने संभावना रहेकोले र यस गाउँपालिकाकाको अधिकांश भुभाग खोलाको सतह बढ्दा र पानीको उचित निकास नहुँदा डुवानमा पर्न सक्ने क्षेत्र भएको हुनाले  यहाँ स्थित सवै  डुवानमा पर्न सक्ने घरधुरीका गाउँवासिहरुलाई सतर्क रहन र आवश्कयता अनुसार तोकिएका सुरक्षित स्थलमा सर्न अनुरोध गर्दछु  ।
मर्चवारी गाउँपालिकाका तोलिएका स्थान  डुवान हुँदा सर्वसाधारण नागरिकहरुले अाश्रय लिन सक्ने सम्भावित अाश्रयस्थलको विवरण ।
१,रायपुर स्थित बजार वडा नं ३
२,श्रीमती मनराजी माविको खेलमैदान वडा नं ३।
३,अमवा स्थित बजार र खेलमैदान वडा नं २।
४,जनता मावि अोडलियाको खेल मैदान वडा नं ५। 
५,ठर्की माविको खेल मैदान वडा नं ६।
६,रायपुरस्थित सामुदायिक भवन ।
७,अमवा स्थित निर्माणाधिन जनता अावासको भवन ।
८, अन्य सबै सामुदायिक बिद्यालयका खेल मैदानहरु

आर्थिक वर्ष: